Radio Sanobheri 100. 8 Mhz

Radio Sanobheri 100. 8 Mhz

२१ औं शताव्दी सूचना क्रान्तिको युग हो । सूचना संचारलाई वर्तमान विश्वले अति नै शक्तिशाली अंगको रुपमा स्वीकार गरेको छ । अनि सूचनाको शक्तिलाई अहिलेको दुनियाले अति नै महत्वपूर्ण शक्तिको रुपमा प्रयोग पनि गरिरहेको छ । सूचनाको यो शक्तिशाली भूमिकालाई स्थापित गर्ने सबैभन्दा ठूलो र प्रभावकारी संचार माध्यमको रुपमा रेडियो रहेको छ । तेस्रो विश्वका मुलुकहरु विशेषतः हाम्रो जस्तो न्यून आयस्तर भएको देशमा रेडियो नै सबैभन्दा प्रभावकारी र सर्वसुलभ संचार माध्यम हो । गरीव होस या निरक्षर, दृष्टिविहीन होस या अपाङ्ग, जोसुकैले पनि रडियोबाट लाभ उठाउन सक्छ । हाम्रो जस्तो न्यून आयस्तर भएको क्षेत्र, यातायात र विद्युतीकरणले छुन नसकेका वस्तीहरु, टेलीभिजन, पत्रपत्रिका र यहासम्म कि साधारण टेलिफोनको समेत पर्याप्त सुविधा नभएको क्षेत्रमा रेडियो सवैभन्दा प्रभावकारी र सशक्त संचार माध्यम हो । तसर्थ रेडियोको यो अद्धित्तीय शक्तिलाई सामाजिक विकास र रुपान्तरणको लागि अधिकतम उपयोग गरिएमा नयाँ नेपाल निर्माणको महाअभियानमा एउटा ईंटा थप्न अवश्य पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal