रेडियो अर्थ सरोकार लाइभ ।। Radio Artha Sarokar LIVE

१. रेडियो अर्थ सरोकार के हो ?
हेर्ने र पढ्ने समाचार कन्टेन्टसँगै सुन्ने सामाग्रीसमेत पस्कने उद्देश्यका साथ नेपालको अग्रणी आर्थिक डिजिटल पत्रिका अर्थ सरोकार डटकमको अडियो सेवाका रुपमा हामीले रेडियो अर्थ सरोकार तपाईं समक्ष ल्याएका छौँ । रेडियो अर्थ सरोकार नेपालको पहिलो र एकमात्र आर्थिक अनलाइन रेडियो हो । यसमा हामी २४सै घण्टा विभिन्न आर्थिक कार्यक्रमहरु, वित्तीय सचेतनासम्बन्धि सूचनाहरु, आर्थिक जानकारीहरु प्रस्तुत गर्छौँ । हाल यसको कार्यालय कोटेश्वर-३२, काठमाडौँमा छ ।
 २. रेडियो अर्थ सरोकार कहाँबाट सुन्न सकिन्छ ?
अनलाइन रेडियो सेवा भएकोले हामीलाई इन्टरनेटमार्फत सुन्न सकिन्छ । अर्थ सरोकार डटकमको होम पेज, रेडियो डट अर्थ सरोकार डटकम वा रेडियो अर्थ सरोकार पेजबाट यो रेडियो सुन्न सकिन्छ । साथै हाम्रो पात्रो, नेपाली पात्रो, संचार मोबाइल एप, अर्थ सरोकारको मोबाइल एप, ट्युन इन, स्ट्रीमा, अनलाइन रेडियो बक्स लगायत रेडियो सुन्ने सबैजसो प्लेटफर्ममा रेडियो अर्थ सरोकार सुन्न सकिन्छ ।
३. रेडियो अर्थ सरोकारमा के के कार्यक्रम बज्छ ?
रेडियो अर्थ सरोकार आर्थिक अनलाइन रेडियो भएकाले यो रेडियोमा आर्थिक कन्टेन्टहरु बढी बज्छ । दैनिक आर्थिक समाचार बुलेटिन, सेयर बजार सम्बन्धि विशेष कार्यक्रम, बैंकिङ, बीमा लगायतका क्षेत्रहरुलाई समेटिएका विशेष कार्यक्रम यो रेडियोका विशेष आकर्षण हुन् । सातै दिन, २४सै घण्टा हामी तपाईंलाई निरन्तर आर्थिक कन्टेन्टहरु प्रस्तुत गरिरहेका छौँ । विस्तृत कार्यक्रम सेडुल यसप्रकार छ :
४. रेडियो अर्थ सरोकारको टिममा को को छ ?
हाल रेडियो अर्थ सरोकारलाई अर्थ सरोकारकर्मी सुदर्शन श्रेष्ठले नेतृत्व गरिरहेका छन् । मोफसलमा रेडियो पत्रकारितामा लामो अनुभव संगालेका श्रेष्ठ हाल रेडियो अर्थ सरोकारका स्टेसन मेनेजरका रुपमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा अर्थ सरोकार टिमले रेडियो अर्थ सरोकारका लागि कार्यक्रम निर्माण तथा प्रस्तुत गर्ने गर्दछ ।
५. रेडियो अर्थ सरोकारमा थप योगदान कसकसको छ ?
रेडियो अर्थ सरोकारको प्राविधिक पक्ष अईटेक नेपालले हेरिरहेको छ । आइटेक नेपाल रेडियो स्ट्रिमिङका लागि नेपालमा मात्र होइन, विश्वमै चर्चित कम्पनीहरुमध्येको एक हो । रेडियोको परिकल्पनाकार पनि आईटेक नेपालकै अध्यक्ष जीवन न्यौपाने हुनुहुन्छ । २०८० साल साउन १ बाट नियमित प्रशारणमा आएको यस रेडियो अर्थ सरोकारमा चर्चित मिडियाकर्मी रुपेश श्रेष्ठ, बलराम श्रेष्ठ, सुमन ढुंगाना, सुशील खतिवडा, प्रकृति भाट, मुना तामाङ, लगायतले पनि स्वर दिनुभएको छ । रेडियो अर्थ सरोकार उहाँहरुको योगदानको सदैब सम्मान गर्दछ ।
थप जानकारीका लागि सम्पर्क :
रेडियो अर्थ सरोकार (अर्थ सरोकार डटकमको अडियो सेवा)
अर्थ सरोकार डटकम, शुभम् मिडिया प्रालि, काठमाडौँ ।
फोन नम्बर : ०१५१९९१०८
मोबाइल नम्बर : ९८५१००६६४८
अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal