Radio Sailung 92.7 Mhz

Radio Sailung 92.7 Mhz

रेडियो शैलुङ सामुदायिक एफ.एम. ९२.७ मेगाहर्ज शैलुङ्ग सञ्चार सहकारी संस्था लिमिटेडको ब्यवस्थापनमा विभिन्न उद्देश्यमा कार्यरत सहकारी संस्थाहरु, गैरसरकारी संस्थाहरु, बुद्धिजीवी,विकासप्रेमी तथा सर्वसाधारण जनताको पहल र लगानीमा सर्वसाधारण जनताहरुले खरीद गरेको शेयर र विभिन्न व्यक्ति वा संस्थावाट प्राप्त भएको सहयोगले स्थापना भएको यो रेडियो समुदायद्वारा प्रवद्र्धित नियन्त्रित, सञ्चालित र निर्देशित छ । राष्ट्र निर्माणको प्रक्रियामा शेयर सदस्यहरु र स्थानीय जनताको सहभागीता गराउादै सामुदायिक रेडियोको माध्यमबाट लोकतन्त्रका उपलब्धिहरुलाई गाउासम्म पुर्‍याइ दिगो शान्ति, अग्रगमन, मानवअधिकारको रक्षा र लोकतन्त्रको संस्थागतविकासमा टेवा पुर्‍याउनका साथै, सामाजिक, आर्थिक, सांस्कृतिक विकासको माध्यमवाट समृद्ध जीवन र समाजनिर्माणमा टेवा पुर्‍याउने उद्देश्यले रेडियो शैलुङ सामुदायिक एफ. एम. को स्थापना गरिएको हो ।

सजिलो सूचनाको माध्यम रेडियो हो । रेडियोवाट संप्रेषण गरिएको सूचनाले ज्ञान, सीप, धारणा र प्रविधि हस्तान्तरणमा सहजता गरिरहेको हुन्छ । सामुदायिक सूचना र मानवअधिकारका आवाजहरुलाई सञ्चार वकालत, सचेतना मूलक कार्यक्रमको माध्ययमवाट लाखौं शहरी तथा ग्रामीण श्रोताहरुको माझमा पुर्‍याउने परिकल्पनाबाट शुरु गरिएको थियो ।

रेडियोको संक्षिप्त विवरण:

सञ्चालक: शैलुङ सञ्चार सहकारी संस्था लिमिटेड

नाम: रेडियो शैलुङ सामुदायिक एफएम ९२.७ मेगाहर्ज

स्थापना: २०६४

दर्ता नं.: २८५, ००६४/६५ र

लाइसेन्स नं.: ५२२ नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय

फोन नं.: ०४९ – ४२१८११, ०४९–४२१८१२

फ्याक्स: ०४ – १४२१८११

इमेल: [email protected] and [email protected]

वेबसाइट: www.radiosailun.org

ठेगाना : चरिघ्याङ, चरिकोट, भीमेश्वर नगरपालिका ३

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal