रेडियो अर्थ सरोकार नेपालको पहिलो ‘आर्थिक अनलाइन रेडियो’ र नेपालको सबैभन्दा बढी रेडियोहरुसँगको सहकार्यमा आर्थिक कार्यक्रम प्रशारण गर्ने नेपालको अग्रणी आर्थिक रेडियो हो । रेडियो अर्थ सरोकार एउटा ‘रेडियो’मात्र नभएर आर्थिक सचेतनाको खुला अभियान पनि हो । रेडियो अर्थ सरोकारले उत्पादन गरेको आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’ देशका १५० बढी रेडियोहरुबाट प्रशारण हुन्छ ।
हाम्रो रेडियो तपाईंहरुले हाम्रो पात्रो, सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, नेपाली टुल्स, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरुमा समेत उपलब्ध छ । हामी आर्थिक सचेतनाको अभियानमा छौँ । हाम्रा कार्यक्रमहरु वित्तीय सचेतानामै केन्द्रित छन् । र हरेक दिन देशका कुनै पनि कुनामा भएका घटनाहरुबारे स्रोतालाई सु-सुचित गराउने उद्देश्यमासमेत हाम्रा कार्यक्रमहरु केन्द्रित छन् । हाम्रा कार्यक्रमहरुबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
हाम्रो समूह
रेडियोकर्मीको संख्याले रेडियो कार्यक्रम वा रेडियोको गुणस्तर मापन हुन्छ भन्ने कुरामा हामी रति पनि ‘कन्भिन्स्ड’ छैनौँ । अनुभवले खास अर्थ राख्दछ काममा । र त सानो तर अनुभवी समूहलाई प्राथमिकतामा राखेर हामी रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरिरहेका छौँ । आर्थिक सचेतनाका लागि रेडियो अभियानका रुपमा अर्थ सरोकार डटकमको सामाजिक उत्तरदायित्वको ‘नन कमर्सियल प्रोजेक्ट’ अन्तर्गत प्रशारण भईरहेको रेडियो अर्थ सरोकार र देशको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार छोटो र अनुभवी समूहले सञ्चालन गरिरहेको छ । कार्यक्रम उत्पादनमा हाम्रो ४ जनाको सानो समूह छ, तर गुणस्तरमा रति पनि सम्झौता नगर्ने प्रतिबद्धतालाई सिरोपरी गरेर हामी निरन्तर आर्थिक सचेतना फैलाउने अभियानमा छौँ ।हाम्रो समूहका बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।