रेडियो अर्थ सरोकार टिम || Radio Artha Sarokar Team

रेडियोकर्मीको संख्याले रेडियो कार्यक्रम वा रेडियोको गुणस्तर मापन हुन्छ भन्ने कुरामा हामी रति पनि 'कन्भिन्स्ड' छैनौँ । अनुभवले खास अर्थ राख्दछ काममा । र त सानो तर अनुभवी समूहलाई प्राथमिकतामा राखेर हामी रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरिरहेका छौँ । आर्थिक सचेतनाका लागि रेडियो अभियानका रुपमा अर्थ सरोकार डटकमको सामाजिक उत्तरदायित्वको 'नन कमर्सियल प्रोजेक्ट' अन्तर्गत प्रशारण भईरहेको रेडियो अर्थ सरोकार र देशको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार छोटो र अनुभवी समूहले सञ्चालन गरिरहेको छ । कार्यक्रम उत्पादनमा हाम्रो ४ जनाको सानो समूह छ, तर गुणस्तरमा रति पनि सम्झौता नगर्ने प्रतिबद्धतालाई सिरोपरी गरेर हामी निरन्तर आर्थिक सचेतना फैलाउने अभियानमा छौँ ।

सुरज प्याकुरेल 
प्रधान सम्पादक  
आर्थिक पत्रकारितामा झन्डै ७ बर्षको अनुभव बटुलेका सुरज प्याकुरेल रेडियो अर्थ सरोकार र अर्काथ सरोकार रेडियो कार्यक्रमका सम्पादक हुन् । उनी रेडियो अर्थ सरोकार तथा अर्थ सरोकार रेडियो कार्यक्रमको परिकल्पनाकार पनि हुन् । रेडियो अर्थ सरोकारभन्दा पहिला क्यापिटल एफएम / रेडियो सारंगीमा रेडियो अनुभव लिएका उनी हाल अर्थ सरोकार डटकमकासमेत प्रधान सम्पादकका रुपमा छन् ।

मुना तामाङ
रेडियो संयोजक
रेडियोमामात्र ७ बर्षभन्दा बढी अनुभव बटुलेकी मुना तामाङ रेडियो अर्थ सरोकार र रेडियो कार्यक्रम अर्थ सरोकारकि संयोजक हुन् । लामो समय मोफसलमा रेडियो पत्रकारिता गरेकी तामाङ रेडियो अर्थ सरोकारमा आवद्ध हुनुभन्दा पहिला प्रदेश नम्बर १ को सिम्रिक एफएममा कार्यरत थिइन् । मुना तामाङले रेडियो अर्थ सरोकारमा 'कर्पोरेट वुमन', 'इन्स्पीरेसन', 'शुभरात्री', 'यो मन त मेरो नेपाली हो' लगायतका कार्यक्रम पनि सञ्चालन गर्छिन् । अर्थ सरोकार डटकममासमेत सम्बाददाताको रुपमा रहेकी उनी रेडियो समाचारका लागि चर्चित छिन् ।

रेखा चन्द 
कार्यक्रम संयोजक
आर्थिक पत्रकारिताको छोटो अनुभवमै दर्शक स्रोताको मन जित्न सफल सञ्चारकर्मी हुन् रेखा चन्द । आर्थिक पत्रकारिताको ३ बर्षे छोटो अवधिमा उनी समाचार वाचिका र बीमा बहस कार्यक्रमकि बहसकर्ताको रुपमा स्रोतामाझ परिचित छिन् । रेडियो अर्थ सरोकार तथा अर्थ सरोकार रेडियो कार्यक्रममा संस्थापन समयदेखि नै आवद्ध रहेकी चन्द रेडियो अर्थ सरोकारमा 'बीमा बहस' कार्यक्रम सञ्चालन गर्छिन् । साथै सुदुरपश्चिम प्रदेशका खबरहरुको विशेष प्याकेजका रुपमा रेडियो धनगढी, कैलाली र रेडियो अर्थ सरोकार काठमाडौँबाट एकसाथ प्रशारण हुने 'खबर रफ्तार'का लागि उनी काठमाडौँ संयोजक पनि हुन् ।

रेखा ग्वायमरु 
समाचार संयोजक 
रेडियो अर्थ सरोकार सञ्चालक कम्पनीमा स्थापना कालदेखि नै काम गरिरहेकी रेखा ग्वायामरु अर्थ सरोकारमा प्रशारण हुने समाचार बुलेटिन 'अर्थ सरोकार समाचार'कि संयोजकसमेत हुन् । रेडियो अर्थ सरोकारमा प्रशारण हुने समाचार र रेडियो कार्यक्रम अर्थ सरोकारका लागि तयार हुने समाचार सामाग्रीको संयोजन पनि उनैले गर्ने गरेकी छिन् । रेडियोको प्राविधिक पक्षको संयोजन पनि उनैले गर्छिन् ।
प्रकाशित मिति : 4:18 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal