Radio Artha Sarokar

रेडियो अर्थ सरोकार नेपालको पहिलो 'आर्थिक अनलाइन रेडियो' र नेपालको सबैभन्दा बढी रेडियोहरुसँगको सहकार्यमा आर्थिक कार्यक्रम प्रशारण गर्ने नेपालको अग्रणी आर्थिक रेडियो हो । रेडियो अर्थ सरोकार एउटा 'रेडियो'मात्र नभएर आर्थिक सचेतनाको खुला अभियान पनि हो । रेडियो अर्थ सरोकारले उत्पादन गरेको आर्थिक रेडियो कार्यक्रम 'अर्थ सरोकार' देशका १५० बढी रेडियोहरुबाट प्रशारण हुन्छ । 
हाम्रो रेडियो तपाईंहरुले हाम्रो पात्रो, सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, नेपाली टुल्स, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरुमा समेत उपलब्ध छ । हामी आर्थिक सचेतनाको अभियानमा छौँ । हाम्रा कार्यक्रमहरु वित्तीय सचेतानामै केन्द्रित छन् । र हरेक दिन देशका कुनै पनि कुनामा भएका घटनाहरुबारे स्रोतालाई सु-सुचित गराउने उद्देश्यमासमेत हाम्रा कार्यक्रमहरु केन्द्रित छन् । हाम्रा कार्यक्रमहरुबारे विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् 

हाम्रो समूह
रेडियोकर्मीको संख्याले रेडियो कार्यक्रम वा रेडियोको गुणस्तर मापन हुन्छ भन्ने कुरामा हामी रति पनि 'कन्भिन्स्ड' छैनौँ । अनुभवले खास अर्थ राख्दछ काममा । र त सानो तर अनुभवी समूहलाई प्राथमिकतामा राखेर हामी रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरिरहेका छौँ । आर्थिक सचेतनाका लागि रेडियो अभियानका रुपमा अर्थ सरोकार डटकमको सामाजिक उत्तरदायित्वको 'नन कमर्सियल प्रोजेक्ट' अन्तर्गत प्रशारण भईरहेको रेडियो अर्थ सरोकार र देशको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार छोटो र अनुभवी समूहले सञ्चालन गरिरहेको छ । कार्यक्रम उत्पादनमा हाम्रो ४ जनाको सानो समूह छ, तर गुणस्तरमा रति पनि सम्झौता नगर्ने प्रतिबद्धतालाई सिरोपरी गरेर हामी निरन्तर आर्थिक सचेतना फैलाउने अभियानमा छौँ ।हाम्रो समूहका बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् 
प्रकाशित मिति : 9:05 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal