रेडियो सञ्चालकहरुका लागि जानकारी : ‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?

‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ?

अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउन निकै सजिलो प्रक्रिया छ । यसका लागि तपाईंले तपाईंको रेडियोमा आर्थिक कार्यक्रम सुनिने सम्भावित समय पहिचान गर्नुहोस् । कार्यक्रम २५ देखि २७ मिनेटसम्मको हुने हुनाले आधा घन्टाको ‘स्लट’ छुट्याउनुहोस् । कार्यक्रम हरेक शनिबार राती तपाईंको मेलमा आउने हुनाले सोहि अनुसार स्रोताको माग र रेडियोको सहजतालाई मिलाएर कार्यक्रम समय छुट्याउन सक्नुहुनेछ । त्यसपछि तपाईंले सुरज प्याकुरेललाई ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोस् । उहाँलाई आफ्नो रेडियोको नाम, कार्यक्रम बजाउने बार र समय, र आफ्नो इमेल आइडी टिपाउनुहोस् । त्यसपछि शनिबार रातीदेखि तपाईंको इमेल ठेगानामा रेडियो कार्यक्रम अर्थ सरोकार आइपुग्छ ।

अर्थ सरोकार रेडियो कार्यक्रमको प्रायोजक को हो ?
रेडियो कार्यक्रम अर्थ सरोकारको प्रायोजक कोहि पनि होइन, छैन । हालका लागि हामी विशुद्ध गैर-व्यावसायिक कार्यक्रम हौँ । व्यावसायिक भएको दिन हामी हाम्रो कार्यक्रम प्रशारण गर्ने सबै रेडियोलाई ‘न्याय’ हुने गरी अगाडी बढ्नेछौँ । हालका लागि यो कार्यक्रममा कुनै पनि विज्ञापन वा बिज्ञापनमूलक सामाग्री बज्दैनन् । तर हामी टिक्न रेडियो टिक्नुपर्छ । र रेडियो टिक्न हामीले सोच्नुपर्छ भन्ने कुरालाई हामीले मनन गरेका छौं ।
अहिलेसम्म कार्यक्रमको रेस्पोन्स कस्तो छ ?
युवा वर्गको भाषा सापट लिएर भन्नु पर्दा हाम्रो कार्यक्रमको रेस्पोन्स सार्है राम्रो छ । छोटो समयमा नै स्रोताहरुले हाम्रो कार्यक्रम रुचाइदिनुभएको छ । धेरै स्रोताले कार्यक्रम सुनेर प्रतिक्रियासमेत दिनुभएको छ । काठमाडौँमा काम गर्ने हामीले रेडियो कार्यक्रमको अवधारणा ल्याउँदा धेरैले ‘कसले सुन्छ र रेडियो ?’ भनेका थिए । तर यो भ्रम रहेछ भन्ने तथ्य प्रमाणित भएको छ । काठमाडौँको खाल्डो छोडेर मोफसलमा जाने हो भने रेडियो उत्कृष्ट माध्यम हो भन्ने कुरा प्रमाणित भएको छ । काठमाडौँमा पनि विशेषगरी गाडीमा सवार हुँदा सुन्ने नै रेडियो रहेछ । धेरै ठाउँबाट  हामीले पाएको रेस्पोन्स निकै राम्रो छ ।
अर्थ सरोकार रेडियो कार्यक्रम बजाउनुको फाइदा के हो ?
हामी कन्टेन्टमा बलियो छौँ । हुक गरिएका कार्यक्रम र गीत मात्र सुन्न पाएका स्रोताका लागि हामी नयाँ स्वाद हौँ । आर्थिक क्षेत्रमा अब्बल कार्यक्रम भएकाले पनि हाम्रा स्रोताको बर्ग ठूलो छ । त्यसमाथि रेडियो डट अर्थ सरोकार डटकममार्फत संसारभरका स्रोताले विभिन्न रेडियोहरु सुन्ने गर्नु भएको छ । हाम्रो काय्रक्रम बजाउने रेडियोको अनलाइन स्ट्रिम हामी हाम्रो अनलाइनमा बजाउँछौँ । भविश्यका सम्भावित व्यवसायीक साझेदारीका सम्भावना त छँदै छन् ।
Radio Name रेडियो सञ्चालकहरुका लागि जानकारी : ‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे