
रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो ।
भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ ।
Radio Himalaya Online Radio
यसको प्रसारण तपाई २४ सै घण्टा सुन्न सक्नु हुन्छ । रेडियो हिमालय लोकतन्त्र ,सामाजिक न्याय र मानाबधिकार प्रति प्रतिबद्ध छ । भावानामा देश खोज्ने एउटा बिशिस्ट अभियान का लागि आवस्यक गुणस्तरीय कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्न हामी निरन्तर लागिरहेका छौ । यो अभियान मा यहाहरुको पनि साथ् र सहयोग को अपेक्षा राखेका छौ ।