रेडियो अर्थ सरोकार टिम || Radio Artha Sarokar Team

रेडियोकर्मीको संख्याले रेडियो कार्यक्रम वा रेडियोको गुणस्तर मापन हुन्छ भन्ने कुरामा हामी रति पनि ‘कन्भिन्स्ड’ छैनौँ । अनुभवले खास अर्थ राख्दछ काममा । र त सानो तर अनुभवी समूहलाई प्राथमिकतामा राखेर हामी रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरिरहेका छौँ । आर्थिक सचेतनाका लागि रेडियो अभियानका रुपमा अर्थ सरोकार डटकमको सामाजिक उत्तरदायित्वको ‘नन कमर्सियल प्रोजेक्ट’ अन्तर्गत प्रशारण भईरहेको रेडियो अर्थ सरोकार र देशको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम अर्थ सरोकार छोटो र अनुभवी समूहले सञ्चालन गरिरहेको छ । कार्यक्रम उत्पादनमा हाम्रो ४ जनाको सानो समूह छ, तर गुणस्तरमा रति पनि सम्झौता नगर्ने प्रतिबद्धतालाई सिरोपरी गरेर हामी निरन्तर आर्थिक सचेतना फैलाउने अभियानमा छौँ ।
सुरज प्याकुरेल 
प्रधान सम्पादक  
आर्थिक पत्रकारितामा झन्डै ७ बर्षको अनुभव बटुलेका सुरज प्याकुरेल रेडियो अर्थ सरोकार र अर्काथ सरोकार रेडियो कार्यक्रमका सम्पादक हुन् । उनी रेडियो अर्थ सरोकार तथा अर्थ सरोकार रेडियो कार्यक्रमको परिकल्पनाकार पनि हुन् । रेडियो अर्थ सरोकारभन्दा पहिला क्यापिटल एफएम / रेडियो सारंगीमा रेडियो अनुभव लिएका उनी हाल अर्थ सरोकार डटकमकासमेत प्रधान सम्पादकका रुपमा छन् ।

मुना तामाङ
रेडियो संयोजक
रेडियोमामात्र ७ बर्षभन्दा बढी अनुभव बटुलेकी मुना तामाङ रेडियो अर्थ सरोकार र रेडियो कार्यक्रम अर्थ सरोकारकि संयोजक हुन् । लामो समय मोफसलमा रेडियो पत्रकारिता गरेकी तामाङ रेडियो अर्थ सरोकारमा आवद्ध हुनुभन्दा पहिला प्रदेश नम्बर १ को सिम्रिक एफएममा कार्यरत थिइन् । मुना तामाङले रेडियो अर्थ सरोकारमा ‘कर्पोरेट वुमन’, ‘इन्स्पीरेसन’, ‘शुभरात्री’, ‘यो मन त मेरो नेपाली हो’ लगायतका कार्यक्रम पनि सञ्चालन गर्छिन् । अर्थ सरोकार डटकममासमेत सम्बाददाताको रुपमा रहेकी उनी रेडियो समाचारका लागि चर्चित छिन् ।

रेखा चन्द 
कार्यक्रम संयोजक
आर्थिक पत्रकारिताको छोटो अनुभवमै दर्शक स्रोताको मन जित्न सफल सञ्चारकर्मी हुन् रेखा चन्द । आर्थिक पत्रकारिताको ३ बर्षे छोटो अवधिमा उनी समाचार वाचिका र बीमा बहस कार्यक्रमकि बहसकर्ताको रुपमा स्रोतामाझ परिचित छिन् । रेडियो अर्थ सरोकार तथा अर्थ सरोकार रेडियो कार्यक्रममा संस्थापन समयदेखि नै आवद्ध रहेकी चन्द रेडियो अर्थ सरोकारमा ‘बीमा बहस’ कार्यक्रम सञ्चालन गर्छिन् । साथै सुदुरपश्चिम प्रदेशका खबरहरुको विशेष प्याकेजका रुपमा रेडियो धनगढी, कैलाली र रेडियो अर्थ सरोकार काठमाडौँबाट एकसाथ प्रशारण हुने ‘खबर रफ्तार’का लागि उनी काठमाडौँ संयोजक पनि हुन् ।

रेखा ग्वायमरु 
समाचार संयोजक 
रेडियो अर्थ सरोकार सञ्चालक कम्पनीमा स्थापना कालदेखि नै काम गरिरहेकी रेखा ग्वायामरु अर्थ सरोकारमा प्रशारण हुने समाचार बुलेटिन ‘अर्थ सरोकार समाचार’कि संयोजकसमेत हुन् । रेडियो अर्थ सरोकारमा प्रशारण हुने समाचार र रेडियो कार्यक्रम अर्थ सरोकारका लागि तयार हुने समाचार सामाग्रीको संयोजन पनि उनैले गर्ने गरेकी छिन् । रेडियोको प्राविधिक पक्षको संयोजन पनि उनैले गर्छिन् ।
Radio Name रेडियो अर्थ सरोकार टिम || Radio Artha Sarokar Team

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2026.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal