रेडियो सञ्चालकहरुका लागि जानकारी : अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?



अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ?

रेडियो डट अर्थ सरोकार डटकममार्फत देशविदेशका थुप्रै स्रोताहरुले विभिन्न रेडियोहरु सुनिरहनुभएको छ । त्यसैले हाम्रो अनलाइनमार्फत तपाईंको रेडियो बजाउँदा रेडियोलाई निकै फाइदा हुने कुरामा कुनै शंका छैन । यो प्रशारण पहुँचको विस्तार पनि हो । रेडियोको स्ट्रिमिङ लिंक [email protected] मा मेल गर्न गरेर सुरज प्याकुरेललाई ९८५१०१७९१४ मा सम्पर्क गर्नुभयो भने सम्पर्क गरिएकै दिनदेखि तपाईंको रेडियो अर्थ सरोकारमा बज्छ ।
अर्थ सरोकारमा रेडियो बजाउन पैसा लाग्छ ?
लाग्दैन । अर्थ सरोकार रेडियोको हित चाहाने सञ्चार संस्था हो । हामी रेडियोबाट सकेसम्म लिनु नपरोस्, दिन पाइयोस् भन्ने चाहाने मिडिया हौँ । हाम्रो कार्यक्रमको प्रमोसनको पाटोमा केहि गर्न रेडियोले सक्छ भने हामी त्यसलाई स्वागत गर्छौं । ‘स्ट्रिम कि’ परिवर्तन भएको खण्डमा हामीलाई जानकारी गराएकै दिन हामी त्यसलाई अपडेट गराउँछौँ ।  

हाम्रो रेडियो अनलाइनमै छैन भने के गर्ने ? 
ओहो ! यो त तपाईंले गलत गर्दैहुनुहुन्छ जस्तो लाग्छ हामीलाई । प्रविधिको यो युगमा अनलाइनमा रेडियो नबज्नु वा नहुनु भनेको त विदेशमा रहेका तपाईंका गाउँ-ठाउँका स्रोता प्रति ‘अन्याय’ नै हो जस्तो लाग्छ हामीलाई । कहाँ बनाउने त अनलाइन ? यसमा पनि तपाईंको चासो र चिन्ता छ भने चिन्ता नगर्नुहोस् । रेडियोलाई माया गर्ने आइटि कम्पनीहरु छन् नेपालमा । उहाँहरु सहयोग लिएर हामी विश्वभर रेडियोलाई इन्टरनेट संजालमा जोड्न सक्छौँ । 
Radio Name रेडियो सञ्चालकहरुका लागि जानकारी : अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे