स्रोताहरुका लागि कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ? यो कार्यक्रम कसले, कहाँ उत्पादन गर्छ ?



कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ?

आज देशले सञ्चारमा ठुलै क्रान्ति गरेको छ । तर सबैखाले सञ्चारमाध्यमहरुले सबैखाले जनतालाई समेट्न सकेका छैनन् । अनलाइनका आफ्नै पाठक छन् । रेडियोका स्रोता र टेलिभिजनका खास दर्शक पनि छुट्टै छन् । अझ काठमाडौँको खाल्डोलाई छोडेर मोफसल नियाल्ने हो भने रेडियो सबैभन्दा चलेको सञ्चारमाध्यम हो । आज पनि मोफसलमा रेडियोहरु उत्कृष्ट सञ्चार माध्यमका रुपमा स्थापित छन् । रेडियो सुन्ने स्रोताको बर्ग विशेषगरी मोफसलमा ठुलो छ । र हामी ‘अर्थ सरोकार’ पनि देशभरका ५१ बढी रेडियोहरुबाट गुन्जीरहेका छौँ । छोटोमा भन्दा हामी देशकै सर्वाधिक सुनिने आर्थिक रेडियो कार्यक्रम हौँ ।
अर्थ सरोकार रेडियो कार्यक्रम देशका विभिन्न चर्चित रेडियोहरुमा प्रशारण हुन्छ । भूगोलअनुसार हामीले चलेका रेडियोहरु छानेका छौँ । अर्थ सरोकार रेडियो कार्यक्रमले राजधानीबासीदेखि दुर्गम जाजरकोटका नागरिकहरुसम्म आफ्ना सामाग्रीहरु प्रस्तुत गरिरहेको छ । प्रशारण आरम्भको छोटो समयमा नै हामी देशका अधिकांस भूगोलमा प्रशारण पहुँच राख्ने एकमात्र आर्थिक रेडियो कार्यक्रम बन्न सफल भएका छौं । अर्थ सरोकार रेडियो कार्यक्रमको तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।
अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादक को हो ?
अर्थ सरोकार रेडियो कार्यक्रम अर्थ सरोकार डटकमले काठमाडौँमा उत्पादन गर्छ । यो कार्यक्रम हरेक साताको शनिबार उत्पादन हुन्छ । हाम्रा सहकर्मी रेडियोहरुकहाँ यो कार्यक्रम शनिबार राती इ-मेलमार्फत पुग्छ । इ-मेलबाट डाउनलोड गरेर रेडियोहरुले तोकिएको समयमा यो कार्यक्रम प्रशारण गर्छन् । यो कार्यक्रम साप्ताहीक कार्यक्रम भएकाले एउटा रेडियोमा हप्ताको एक दिन यो कार्यक्रम प्रशारण हुन्छ । केहि रेडियोहरुले रिपिटसमेत बजाउने गर्नुभएको छ । सम्बन्धित क्षेत्रमा स्रोताको अनुरोधमा उहाँहरुले हाम्रो कार्यक्रम दोहोर्याएर बजाउने गरेको प्रतिक्रिया दिने गर्नुभएको छ । प्रशारण आरम्भको छोटो समयमा नै हामीले पाएको यो अगाध मायाकाप्रति हामी सदैव ऋणी छौं ।
अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादनमा को को आवद्ध छन् ?
अर्थ सरोकार रेडियो कार्यक्रम पत्रकार सुरज प्याकुरेलले संयोजन गर्छन् । यो कार्यक्रमको प्राविधिक पक्ष अर्थ सरोकारकर्मी रेखा चन्दले हेर्छिन् भने कार्यक्रमको अनलाइन संयोजन राधिका श्रेष्ठले गर्छिन् । स्रोताका प्रतिक्रिया समेट्ने काम पनि यहि समूहले गर्छ । कार्यक्रम समयमा प्रशारण भए-नभएको ‘मोनिटरिङ’को काम आइटेक नेपालले अर्थ सरोकारलाई उपलब्ध गराएको सफ्टवेरबाट हुन्छ। सातै प्रदेशमा रहनुभएका हाम्रा सहकर्मी रेडियोका सञ्चालक र स्टेसन मेनेजरहरु निरन्तर हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँहरुको सल्लाह-सुझाव र प्रतिक्रियाका आधारमा हामी अझै हाम्रो कार्यक्रमलाई परिस्कृत बनाइरहेका छौं ।  
Radio Name स्रोताहरुका लागि कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ? यो कार्यक्रम कसले, कहाँ उत्पादन गर्छ ?

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे