Dautari FM 105.8 Mhz

Parasi (Artha Sarokar: Sunday 8:15 AM)
सहयोगी मिडिया प्रा.लि द्धारा संचालित दौतरी एफ एम १०५.८ मेगाहर्ज मिति २०७३ असोज १५ गते घटस्थापनाको दिन देखि नवलपरासीको बर्दघाट बजार बाट प्रशारणमा आएको हो । एफ एम ब्याण्डको १०५.८ मेगाहर्जमा १ सय वाट क्षमतामा प्रसारित यो एफ एम ब्यबसायीक एफ एम भैकन पनि सामाजीक कार्यमा छोटो समयमै अग्र पंक्तिमा उभिन सफल भएको छ । सेल्फ अपरेटिङ्ग सिस्टममा आधारित यस एफ एम दैनिक विहान ४ः३० बजे देखि रातको ११ बजे सम्म १९ घण्टा ३० मिनेट प्रसारणमा रहदै आएको छ । संचार माध्यमको भिडमा फरक पहिचान बनाउदै अन्य एफ एम संग पनि सहकार्य गर्दै समाचार तथा कार्यक्रमहरु प्रसारण गदै आएको छ । हाल हामी रेडियो कावासोती १०२.६ मेगाहर्ज संग सहकार्यमा छौं भने अन्य रेडियो संग पनि सहकार्यको प्रकृया अगाडि बढाएका छौं । हामी फेसवुक, युटुव,ईन्टरनेट अनलाईन,मोबाईल एप्लिकेसन मार्फत संसारभर प्रसारणमा रहेका छौं । अनलाईन www.dautarifm.com.np
प्रकाशित मिति : 12:32 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal