रेडियो अनलाइनमा बजाउन भरपर्दो कम्पनी 'आइटेक नेपाल' Itech Nepal for Live Radio Streaming

१. रेडियो अनलाइनमा किन बजाउने ?
पछिल्लो समय रेडियो अनलाइनमा नबजाउनु भनेको रेडियोलाई विश्वव्यापीकरण गराउनुबाट बन्चित गराउनुसमेत हो । देश विदेशमा रहेका आफ्ना स्रोताहरुमाझ पुग्न पनि रेडियोलाई अनलाइनमा बजाउन जरुरी भइसकेको छ । काठमाडौँ केन्द्रित विज्ञापन एजेन्सीहरुमाझ पुग्न, विभिन्न काम वा पढाइका सिलसिलामा विभिन्न ठाउँमा कर्मथलो बनाएकाहरुमाझ आफ्ना गाउँठाउँका कार्यक्रम पुर्याउनसमेत रेडियोलाई अनलाइनमा लैजान आवश्यक छ । 

१. आइटेक नेपाल नै किन ?
यो सेवा नेपालमा विभिन्न कम्पनीहरुले दिइरहेका छन् । सबैभन्दा बढी रेडियोहरुले लिइरहेको सेवा भनेको आइटेक नेपालको हो । आइटेकको सेवा सस्तो र राम्रो सेवाका लागि धेरै रेडियोहरुमाझ परिचित छ  ।  हामी गर्वका साथ भन्छौँ, हामी रेडियोलाई अनलाइनमा ल्याउने आइटी कम्पनीहरुमध्ये अग्रणी कम्पनी हौँ ।

३. रेडियो अनलाइनमा बजाउन कति पैसा लाग्छ ?
रेडियोको आवश्यकता अनुसार पैसा फरक पर्न सक्छ ।  तर औसत धेरै रेडियोहरुले लिइरहेको सेवा भनेको ५६०० सय रुपैयाँ (भ्याटसहित) को खर्चमा पाइने सेवा हो ।  त्यसमा डोमेनको खर्च, होस्टिङको खर्च, स्ट्रिमिङ खर्च र बार्षिक मर्मत सेवा पनि उपलब्ध हुन्छ । बार्षिक रुपमा तपाईंले तिर्नुपर्ने नवीकरण शुल्क पनि यहि नै हो ।

४. यसका लागि कसलाई सम्पर्क गर्ने ?
यसका लागि आइटेक नेपालमा सम्पर्क गर्ने । जीवन न्यौपानेलाई सिधै ९८५१०६२५३८ मा सम्पर्क गर्दा हुन्छ । 

(आईटेक नेपालका सिइओ जीवन न्यौपानेसँगको कुराकानीमा आधारित पोष्ट । यो पोष्टको उद्देश्य रेडियो सञ्चालकहरुलाई सजिलो होस् भन्ने हो ।)
प्रकाशित मिति : 5:49 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal