२१ औं शताव्दीको यो युगमा सञ्चारको क्षेत्र धेरै अगाडी बढिसकेको छ । गाउँदेखी शहरसम्मका प्रायजसो सबै सञ्चारको पहुँचमा छन् । हाम्रो देश नेपालमा पनि सञ्चारको क्षेत्रमा धेरै लगानि र प्रगतिहरु देखिएका छन् । सञ्चारको माध्यम मध्येको रेडीयो धेरै नागरिकमाझ एकैपटकमा सजिलै पुग्न सक्ने माध्यम हो । समाज परिवर्तन र समाजका आम नागरिकहरुलाई सुसुचित गर्न रेडियोहरुले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । यही समाज परिवर्तनको लागि बाग्लुङ जिल्लाको खर्वाङ बजारमा २५० वाट क्षमताको रेडीयो सारथीले आफ्नो प्रशारण २०६७ माघ १ गतेबाट शुरु गरेको छ ।
यो रेडीयो सारथी बाग्लुङ जिल्ला सदरमुकाम भन्दा वाहीरको पहिलो रेडीयो हो । छोटो समयमा लाखौं स्रोताको अपार मायाँ र साथका कारण रेडीयो सारथीले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगि रहेको छ । स्वदेश तथा विदेशमा रहेका स्रोताको मागकै आधारमा वि.स. २०७० सालदेखी www.radiosarathi.com.np को वेवसाईट सँचालनमा ल्याएको छ । खर्वाङ प्रमूख व्यापारीक केन्द्र बुटवल र सदरमुकाम बागलुङको नाकाको रुपमा रहेको ठाउँ हो । यहाँ तिव्र विस्तारमा रहेको बाग्लुङ, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, पर्वत, म्याग्दी, राेल्पा लगाएतका जिल्लाका प्रमूख बजार र गाउँबस्तीमा लाखौं स्रोतासँग यो रेडीयोको निकै राम्रो पहुँच रहेको छ ।