रेडियो सञ्चालकहरुका लागि जानकारी : अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?


अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ?
रेडियो डट अर्थ सरोकार डटकममार्फत देशविदेशका थुप्रै स्रोताहरुले विभिन्न रेडियोहरु सुनिरहनु भएको छ । त्यसैले हाम्रो अनलाइनमार्फत तपाईंको रेडियो बजाउँदा रेडियोलाई निकै फाइदा हुने कुरामा कुनै शंका छैन । यो प्रशारण पहुँचको विस्तार पनि हो । रेडियोको स्ट्रिमिङ लिंक radio.arthasarokar@gmail.com मा मेल गर्न गरेर सुरज प्याकुरेललाई ९८५१०१७९१४मा सम्पर्क गर्नुभयो भने सम्पर्क गरिएकै दिनदेखि तपाईंको रेडियो अर्थ सरोकारमा बज्छ ।

अर्थ सरोकारमा रेडियो बजाउन पैसा लाग्छ ?
लाग्दैन । अर्थ सरोकार रेडियोको हित चाहाने सञ्चार संस्था हो । हामी रेडियोबाट सकेसम्म लिनु नपरोस्, दिन पाइयोस् भन्ने चाहाने मिडिया हौँ । हाम्रो कार्यक्रमको प्रमोसनको पाटोमा केहि गर्न रेडियोले सक्छ भने हामी त्यसलाई स्वागत गर्छौं । स्ट्रिम कि परिवर्तन भएको खण्डमा हामीलाई जानकारी गराएकै दिन हामी त्यसलाई अपडेट गराउँछौँ ।  

हाम्रो रेडियो अनलाइनमै छैन भने के गर्ने ? 
ओहो ! यो त तपाईंले गलत गर्दैहुनुहुन्छ जस्तो लाग्छ हामीलाई । प्रविधिको यो युगमा अनलाइनमा रेडियो नबज्नु वा नहुनु भनेको त विदेशमा रहेका तपाईंका गाउँ-ठाउँका स्रोता प्रति अन्याय नै हो जस्तो लाग्छ हामीलाई । कहाँ बनाउने त अनलाइन ? यसमा पनि तपाईंको चासो र चिन्ता छ भने चिन्ता नगर्नुहोस् । रेडियोलाई माया गर्ने आइटि कम्पनीहरु छन् नेपालमा । उहाँहरु सहयोग लिएर हामी विश्वभर रेडियोलाई इन्टरनेट संजालमा जोड्न सक्छौँ ।           

  
प्रकाशित मिति : 6:06 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal