रेडियो कार्यक्रम ‘अर्थ सरोकार’बारे


१. अर्थ सरोकार रेडियो कार्यक्रम के हो ?
सञ्चारको क्षेत्रमा विश्वले ठूलो फड्को मारिसकेको छ । अहिले हातहातमा स्मार्ट फोन छ नागरिकहरुसँग । तर शहरलाई मात्र देश सम्झने राज्यले अझैपनि दुर दराजमा आर्थिक चेतना लैजान सकेको छैन । रेडियो सुन्ने बर्ग आजको दिनमा पनि निकै ठूलो छ । तीनै रेडियो सुन्ने गाउँ-शहरका स्रोतामाझ आर्थिक चेतना बोकेर हामी समृद्धिको यात्राको सहयात्री बन्न चाहान्छौं । र त आर्थिक समृद्धिका प्रति हामीले खेलेको सानो सञ्चार भूमिकाका रुपमा हामीले अर्थ सरोकार रेडियो कार्यक्रमलाई प्रस्तुत गरेका छौं । अर्थ सरोकार रेडियो कार्यक्रम समग्रमा एउटा आर्थिक सचेतनाका लागि तयार गरिएको सञ्चार अभियान हो । 
२. अर्थ सरोकार रेडियो कार्यक्रमको प्रशारण पहुँच कत्रो छ ?
हामी गर्वका साथ भन्छौं, हामी नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका दर्जन बढी रेडियोहरुबाट हाम्रो कार्यक्रम प्रशारण हुन्छ । देशका कुनै पनि कुनाकप्चेरा हरु हाम्रो प्रशारण पहुँचबाट टाढा नहोस् भनेर हामीले सोहि अनुसार रेडियो छनोट गरेका छौँ । केन्द्रीय राजधानी काठमाडौँदेखि बिकट रुकुम जिल्लामा पनि हाम्रो कार्यक्रम सुनिन्छ । यसो त यसरी देशभर विभिन्न रेडियोहरुबाट प्रशारण हुने आर्थिक कार्यक्रम सम्भवत: हामी पहिलो र एकमात्र कार्यक्रम हौँ ।
३. अर्थ सरोकार रेडियो कार्यक्रममा कस्ता खालका सामाग्री प्रशारण हुन्छन् ?
हामीलाई अरवौंको चिन्ता कम छ, जति एउटा नागरिकले पसिना काढेर कमाएको हजारको माया छ हामीलाई । हामी तीनै नागरिकका लागि बोल्छौँ रेडियोहरुबाट । हामी देशभर आर्थिक क्षेत्रमा भएका घोटालाका बारेमा बोल्छौँ । संगै सचेत गर्छौं नागरिकहरुलाई बैंकिङ, बीमा र सेयर बजारका बारेमा । सताभारिका आर्थिक खबर, विशेष रिपोर्टहरु र आर्थिक अन्तर्वार्ता हाम्रो कार्यक्रमका खास सामाग्रीहरु हुन्छन् ।
४. अर्थ सरोकार रेडियो कार्यक्रमको बिज्ञापन नीति कस्तो छ ?
माफ गर्नुहोला, हामी कुनै पनि खालको बिज्ञापन बजाउँदैनौं । अर्थ सरोकार रेडियो कार्यक्रम विज्ञापनरहित कार्यक्रम हो । अर्थ सरोकार रेडियो कार्यक्रममा कुनै पनि खालका बिज्ञापनमूलक सामाग्रीहरु पनि बज्दैनन् । समाजमा हामीले सञ्चार क्षेत्रबाट गरेको एउटा सेवाको नमुना हो यो, ‘अर्थ सरोकार रेडियो कार्यक्रम ।’ हुन त एउटा सञ्चार अभियानका लागि यो राम्रो कुरा होइन । तर हामीलाई थुप्रै रेडियोहरुले सहयोग गरिरहनुभएको छ । हामी बिज्ञापनरहित नै बनाएर अर्थ सरोकारलाई चलाईरहने प्रयासमा छौं ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal