रेडियो अर्थ सरोकारमा प्रशारण हुने कार्यक्रमहरु || Program Details || Radio Artha Sarokar

हामी आर्थिक सचेतनाको अभियानमा छौँ । हाम्रा कार्यक्रमहरु वित्तीय सचेतानामै केन्द्रित छन् । र हरेक दिन देशका कुनै पनि कुनामा भएका घटनाहरुबारे स्रोतालाई सु-सुचित गराउने उद्देश्यमासमेत हाम्रा कार्यक्रमहरु केन्द्रित छन् । हाम्रो केहि कार्यक्रमहरु निम्नानुसार छन् ।
१. रेडियो कार्यक्रम अर्थ सरोकार 
देशका ७७ वटै जिल्लाका १५० बढी रेडियोहरुबाट प्रशारण हुने कार्यक्रम अर्थ सरोकार रेडियो अर्थ सरोकारमा पनि प्रशारण हुन्छ । यो कार्यक्रमको उत्पादन रेडियो अर्थ सरोकारमै हुन्छ । रेडियोकर्मी मुना तामाङ यस कार्यक्रमकि संयोजक हुन् । कार्यक्रम सुरज प्याकुरेल, मुना तामाङ र रेखा चन्दले प्रस्तुत गर्छन् । नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको रेडियो कार्यक्रम ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ नै हो ।
२. कर्पोरेट वुमन 
९ महिना गर्भमा राखेर, अशैय प्रसव पीडा सहेर मलाई जन्माउने आमा, एउटा बालक / बालिका ताते-ताते गर्दै हिड्दै गर्दा हुर्काउने आमा ।  तपाईं घर ढिलो पुग्दा चिन्ता गर्ने तपाईंकि दिदि, तपाईं बिरामी हुँदा एक्लै रुने तपाईंकि बहिनी, तपाईंलाई संसारको सबैभन्दा बढी खुसी दिने तपाईंकि छोरी,  तपाईंलाई सार्है माया दिने तपाईंकि पत्नी, एक पटक सोच्नुहोस् त महिलाको कति सुन्दर र कर्मठ रुप छ । नारी, कहिले आमा कहिले पत्नी कहिले छोरी भएर पनि कर्पोरेट क्षेत्रमा सफल सफल छन् । तीनै सफल नारीहरुको कथा हो ‘कार्यक्रम कर्पोरेट वुमन । यो कार्यक्रममा कर्पोरेट क्षेत्रमा सफल महिलाहरुको अन्तर्वार्ता प्रस्तुत हुन्छ । कार्यक्रम मुना तामाङले सञ्चालन गर्छिन् ।
३. बीमा बहस 
‘बीमा -जीवन सुरक्षाका लागि । बीमा- निर्जीवन सम्पत्तिको सुरक्षाका लागि । र बीमा बहस बीमा सचेतनाका लागि ।’ यहि मन्त्रलाई आत्मसाथ गरेर अगाडी बढेको रेडियो कार्यक्रम हो- बीमा बहस । बीमा क्षेत्रका एक खास अथितिसँग अन्तर्वार्ता लिइने यो कार्यक्रम रेखा चन्दले सञ्चालन गर्छिन् । यो कार्यक्रम पूर्ण रुपमा बीमासँग सम्बन्धित नेपालको पहिलो कार्यक्रम हो । अर्थ सरोकारले उत्पादन गर्ने यो कार्यक्रमसमेत देशका विभिन्न रेडियोहरुले प्रशारण गर्ने गरेका छन् 
४. मेरो स्टार्टअप 
सोच छ- तर लगानीको अभाव छ । केहि गर्नुपर्छ भन्ने आफ्नै मनको दबाब छ । कम पूँजी छ तर सपनाको चाप छ । झट्ट कसैलाई विश्वास गरौँ जवाना खराब छ । विश्वास नगरौं काम नै बन्दैन । मेहेनत नगरी कसैले आहा भन्दैन । र पनि निरन्तर अघि बढीरहेछन् पाइलाहरु सफल हुने उद्देश्य बोकेर । स्टार्टअपका यस्तै दुख, यस्तै साहस यस्तै सपनाहरुको कार्यक्रम हो- ‘मेरो स्टार्ट अप’ । स्टार्ट अपका दुख र संघर्ष समेटिएको कार्यक्रम ‘मेरो स्टार्ट अप’ स्टार्ट अप कम्पनीहरुका संचालकका संघर्षका कथा प्रस्तुत हुने कार्यक्रम हो । यो कार्यक्रमलाई अर्थ सरोकार डटकम समूहले तयार गर्छ । स्टार्ट अपसँग सम्बन्धित नेपालको पहिलो कार्यक्रम ‘मेरो स्टार्टअप’मा हामी स्टार्टअपलाई आवश्यक सूचना / जानकारीसमेत प्रशारण गर्छौँ ।
६. उद्यम : अनुभव र अनुभूति
‘व्यवसायमा बिनोद चौधरी कसरी सफल भए ? बैंकिमा अनिल शाह कसरी सफल भए ? कसरी सफल भए पृथ्वी बहादुर पाण्डे ? कसरी सफल भए चन्द्र ढकाल ?’ उद्यम गरेर होस् वा जागिर सफल भएकाहरुको अनुभूतिसहितको कार्यक्रम हो – उद्यम : अनुभव र अनुभूति । अनुभवले खास अर्थ राख्दछ जीवनमा । धेरै कुरा त अरुका अनुभवबाट पनि सिकिन्छ । यो कार्यक्रममा हामी चर्चित व्यवसायी, बैंकर, बीमाकर्मी, र व्यापारी का अनुभव प्रस्तुत गर्छौँ । प्रस्तुत भएका अनुभवबाट स्रोताले केहि सिक्नुहुनेछ भन्ने हाम्रो उद्देश्य हो ।
७. अर्थ सरोकार समाचार बुलेटिन 
अर्थ सरोकार समाचार बुलेटिन हरेक दिन प्रशारण हुने रेडियो अर्थ सरोकारको समाचार बुलेटिन हो । १५ मिनेट प्रस्तुत हुने यो कार्यक्रममा हामी देशभरका दिनभरका मुख्य आर्थिक गतिविधि प्रशारण गर्छौँ । यो समाचार बुलेटिन रेडियो अर्थ सरोकारको पूरै टिमले मिलेर उत्पादन गर्छ । यो समाचार बुलेटिनसमेत नेपालको पहिलो आर्थिक रेडियो समाचार बुलेटिन हो ।
८. अर्थ वार्ता
अर्थ वार्ता रेडियो अर्थ सरोकारको अर्को खास कार्यक्रम हो । हामी यो रेडियो कार्यक्रममा बैंक, बीमा, कर्सँपोरेट, पर्गयटनसँग सम्बन्धित अथितिसँग बहस गर्छौँ । नेपालका कर्पोरेट हाउसका सेवा र जनताबीच पुलको काम गर्ने उद्देश्यका साथ यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रम अर्थ सरोकार टिमले उत्पादन गर्छ । 
९. अन द रोड 
अफिसमा काम नै काम छ, बाटोमा जाम नै जाम छ । उफ् ! 
तर चिन्ता लिएर न अफिसको काम घट्छ, न बाटोको जाम हट्छ । यहि सोचेर तयार गरिएको कार्यक्रम हो यो कार्यालयमा काम गर्न जाँदा बाटोमा जामको समस्या छ, विशेष गरी शहरहरुमा । यो बेला के गर्ने त ? स्रोताको यहि जिज्ञासालाई न्याय गर्नेगरी तयार गरिएको कार्यक्रम हो अन द रोड । यो कार्यक्रममा हामी आर्थिक सचेतना र बीमा सचेतनाका लागि टिप्सहरु प्रशारण गर्छौँ भने जाम बिर्सने गरी मिठा-मिठा गीत बजाउँछौँ ।
१०. आज म बिदामा छु 
कार्यक्रम ‘आज म बिदामा छु’ कार्यालयको कामबाट बिदामा बसेका स्रोताहरुलाई लक्षित कार्यक्रम हो । यो कार्यक्रममा हामी दिनभर आर्थिक सचेतनाका सन्देशहरु प्रशारण गर्छौँ । बीमा पोलिसीको नवीकरणको सूचना दिन्छौं । साथमा दिनभर मिठा-मिठा गीत सुनाउँछौँ । देशभरका आर्थिक घटनाका बारे अपडेट पनि दिन्छौं ।
११. लगानी बहस 
अलिकति रातो हुने बित्तिकै आत्तिने र अलिकति हरियो हुने बित्तिकै मात्तिने लगानीकर्ताको मनोविज्ञान बुझेर तयार गरिएको कार्यक्रम हो, ‘लगानी बहस’ । रेडियो कार्यक्रम लगानी बहस सेयर बजारसँग सम्बन्धित कार्यक्रम हो । यो कार्यक्रममा हामी लगानी कसरी गर्ने ? भन्ने विषयमा बहस गर्छौँ । सेयर बजारसँग सम्बन्धित टिप्स पनि प्रशारण गर्छौँ । यो कार्यक्रम अर्थ सरोकार डटकम समूहले उत्पादन गर्छ । 
१२. पर्यटन सरोकार 
पर्यटन सरोकार रेडियो अर्थ सरोकारको पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यक्रम हो । हामी यो कार्यक्रममा पर्यटनका विविध आयामबारे चर्चा गर्छौँ । यो कार्यक्रम अर्थ सरोकार डटकम समूहले उत्पादन गर्छ ।
१३. सहकारी बहस 
रेडियो अर्थ सरोकारको सहकारी सम्बन्धि कार्यक्रम हो ‘सहकारी बहस’ । यस कार्यक्रममा हामी सहकारीसँग सम्बन्धित बहस गर्छौँ ।
अन्य रेडियो नेटवर्कका समाचार बुलेटिन 
हामी रेडियो अर्थ सरोकारमा सिआइएन, नेपाली रेडियो नेटवर्क, बिबिसी नेपाली सेवाले तयार गर्ने कार्यक्रम पनि प्रशारण गर्छौँ । साथै रेडियो नेपालको राष्ट्रिय समाचार बुलेटिन पनि रेडियो अर्थ सरोकारमा प्रशारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal