A one FM 99 Mhz

Jhapa (Artha Sarokar: SUN 8:00AM)
एवान एफ.एम

झापाको अर्जुनधारा नगरपालिका वडा नं.–२ खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम।मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम। हो । खुदुनाबारी मिडिया प्रा.लि द्धारा संचालित ए वान एफ.एम ९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एमले आफ्नो स्थापना काल देखि नै दैनिक २० घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम ५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एमले समाचार समेत प्रसारण गर्दै आएको छ । एवान एफ.एम झापामा अर्थ सरोकार रेडियो  कार्यक्रम प्रत्येक आइतबार बिहान ८:०० बजे सुन्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal