Nepalbani FM 94.9 Mhz


रेडियो नेपालवाणी एफ.एम. ९४.९ मेगार्हज विगत ८ वर्ष देखी निरन्तर रुपमा पूर्वाञ्चलको इलामबाट प्रसारण भैरहेको १००० वाट क्षमताको रेडियो नेपालवाणी एफ.एम. पूर्वाञ्चलका १२ वटा जिल्लामा (इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा, मोरङ, सुनसरी, तेर्हथुम, संखुवासभा, खोटाङ्ग, भोजपुरलगायत) र भारतको दार्जिलिङ्ग, मिरिक, सिक्कीम साथै इन्टरनेट मार्फत संसारभर सुन्न सकिन्छ ।
समाचारमूलक नेपालवाणीको प्रसारणमा राजनीतिक, सामाजिक र नागरिक जीवनका विभिन्न सवालहरुलाई विशेष प्राथमिकतामा राखी प्रसारण गर्ने गरिएको छ । ती सवालहरुलाई शान्तिपूर्ण एवं प्रजातान्त्रिक परिपाटीबाट सम्बोधन गर्ने प्रयत्न नेपालवाणीले गरिरहेको छ । 
ग्रामीण भेगमा रहेका न्यूा आय भएका कृषक, श्रमीक, व्यवसायि, कर्मचारी, भरियाको आवजलाई समेट्दै अघि बढीरहेको र व्यवसायिक पत्रकारहरुद्वारा सञ्चालित नेपालवाणीले छोटो अवधिमै आप्mनो प्रसारण क्षेत्रमा लोकप्रियता हासिल गरेको छ । प्रसारणको वर्षदिनमै सबैभन्दा बढी स्रोताले सुन्ने रेडियोको रुपमा स्थापित रेडियोलाई हालसम्म पनि स्रोताले सोही स्थान दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal