Shreenagar FM 93.2 MHz
Powered by Blogger.
Shreenagar FM 93.2 MHz

सुन्दर पहाडी नगर तानसेन पाल्पाबाट पहिलो पटक व्यवसायीक रेडियोको रुपमा श्रीनगर एफ.एम.९३.२ मेगाहर्जले २०६० चैत्र १३ गते देखि प्रविधि प्रशारण र २०६१ बैशाख २८ गते परिक्षण प्रशारण शुरु गर्‍यो । विभिन्न ज्ञानबद्र्धक, सुचनामूलक,शिक्षामुलक, चेतनामूलक, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रशारण गर्ने उद्देश्यले विहानीको सुर्योदय देखि मध्यरातसम्म १८ घण्टा ९३.२ मेगाहर्जमा प्रसारण हुदै आएको छ । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट ५०० वाटको ट्रान्समिटर क्षमताको स्वीकृती पाई प्रसारण आरम्भ गरेको यो एफ.एम.ले बिगत १० बर्ष देखि आफ्नो क्षमतामा वृद्धि गरी १००० वाट पुर्‍याएको छ ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,