Saptarangi FM 101.6 MHz

यो एफ.एम. बिबिध जात,जाती,भाषा,भाषी,कला,संस्कृतीको संगम जस्तो देखिन्छ ।यही यथार्थतालाई मनन् गर्दै एफ.एमले बिबिध जातजाती,भाषाभाषीको कला,संस्कृती र परम्परा झल्किने एवं पूर्वी पहाड एवं तराइका ऐतिहासिक तथा पुरातत्विक महत्व रहेका स्थानहरुको पहिचान झल्कने सप्तरङ्गी गाथा हरेक दिन बिहान पौने ५बजे प्रसारण गर्ने गरेको छ । सबै जातजाती तथा भाषा भाषीको प्रतिनिधित्व हुने सप्तरङ्गी गाथा एफ.एम.को मौलिक पहचिान हो ।

यसका साथै एफ एमले स्थानिय भाषामा समाचार प्रसारण गर्ने लक्ष्य अनुसार तथा धिमाल भाषाको समाचार प्रत्येक दिन प्रसारण गर्दै आइरहेको छ ।यसका अतिरिक्त बिभिन्न जातजातिका मौलिक कला,संस्कृतीलाई प्रर्वद्धन गर्ने खालका शिक्षामुलक तथा जनचेतनामुलक कार्यक्रम उत्पादन तथा प्रसारण गरी रहेको छ । लोपोन्मुख अवश्थामा रहेका बिबिध जातजातीका कला संस्कृतिलाई संरक्षण गर्ने तर्फ हामी प्रतिबद्ध रहेको एफएमले जनाएको छ ।
प्रकाशित : 7:54 PM
,

भर्खरै