Kalinchowk FM 106.4 MHz
Powered by Blogger.
Kalinchowk FM 106.4 MHz

आजको युग सुचना र सञ्चारको युग हो । सुचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यबस्था गरिएको हून्छ । ग्रामिण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सुचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । 

सार्वजानिक सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, पत्रिका प्रकाशन लगाएत प्रवद्र्धनात्मक अभियानमा असलसासन समन्वय समिति केन्द्रित छ । एक पछि अर्को नयाँ कार्यक्रम संचालन गर्दै आईरहेको असल सासन समन्वय समितिको उद्देश्य दोलखा जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला वनाउने पनि हो । 

त्यसैलाई साकार पार्न समन्वय समितिले संचारको माध्ममार्फत जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लामा पहिलो पटक सामुदायिक एफएम स्थापनाका लागि सञ्चालन इजाजत प्राप्त गरेको थियो ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,